१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


डीपीएलका ‘मोस्ट भ्यालुएबल प्लेयर’लाई सुनको जुत्ता


0
Shares

गोल्डस्टारले प्रायोजनबापत १६ लाख रुपैयाँ आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीएल)लाई दिनेछ ।

सोसम्बन्धी सम्झौतामा आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा हस्ताक्षर भएको छ ।

गोल्डस्टारको ९ लाख रुपैयाँ नगद र बाँकी अरु सहयोगकारुपमा रहने बताइएको छ ।

गोल्डस्टारसँगको सम्झौतापछि डीपीएलका ‘मोस्ट भ्यालुएबल प्लेयर’लाई एउटा सुनको जुत्ता पुरस्कार दिने निर्णय भएको छ ।

यसअघि, ‘प्लेयर अफ द सिरिज’लाई दिने मोटरसाइकल पुरस्कार यथावत् रहेको आयोजकले जनाएको छ ।

६ टिम सहभागी हुने प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।