२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


निर्वाचन धाँधलीरहित भएको राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिको निष्कर्ष


0
Shares

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नियोकले तयार पारेको प्रतिवेदन संयुक्तरुपमा आइतबार काठमाडौंमा सार्वजनिक गरे ।

नियोकले निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित भएको निष्कर्ष निकालेको छ ।

प्रतिवेदनमा निर्वाचनकाक्रममा राजनीतिक दलले आचारसंहिता उल्लंघन गरेको उल्लेख गरिएको छ ।

त्यसैगरी, नियोकले मतदातामैत्री निर्वाचन क्यालेन्डर बनाउनुपर्ने, आचारसंहिता व्यावहारिक हुनुपर्ने र निर्वाचन खर्चमा पारदर्शीता कायम राख्न जोड दिएको छ ।

निर्वाचन मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई दिनुपर्ने, निर्वाचनकाक्रममा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई पनि मतदान गर्ने व्यवस्था गर्न प्रतिवेदनको सुझाव छ ।

नियोकका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले मतपत्र झन्झटिलो भएको, निर्वाचन शिक्षा फितलो देखिएकाले निर्वाचन प्रणालीलाई व्यावहारिक र वैज्ञानिक बनाउनुपर्ने बताए ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. यादव, जियोकका अध्यक्ष हिमालयशमशेर राणा, संकल्पका महासचिव शोभा बस्नेतले पनि निर्वाचन पर्यवेक्षणका सम्बन्धमा आ–आफ्नो धारणा राखेका थिए ।