२१ असार २०८२, शनिबार | Sun Jul 6 2025


त्रि-धार्मिकस्थल हलेसीमा दर्शनार्थीको घुँईचो


0
Shares

खोटाङ, चैत ११ । खोटाङको हलेसीमा रामनवमीको अवसरमा दर्शनार्थीको घुँईचो लागेको छ ।

रामनवमी अघि र पछि हप्ता दिनसम्म लाग्ने मेला भर्न नेपालबाहेक भारतको सिक्किम, दार्जिलिङ, बिहार, नयाँदिल्ली, चीन, तिब्बत, भुटानलगायतका देशबाट दर्शनार्थी हलेसी पुगेका छन् ।

आईतबार बिहान झिसमिसदेखि महादेबस्थानमा दर्शन गर्ने र पूजापाठ गर्ने दर्शनार्थीको बाक्लो भीड लागेको हलेसी महादेबस्थान मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

खोटाङ र ओखलढुंगाको सिमामा पर्ने जयरामघाटस्थित दुधकोशीमा बेलिब्रिज तथा उदयपुर र ओखलढुंगाको हर्कपुरस्थित सुनकोशीमा स्थायी पुल बनेपछि काठमाडौ, विराटनगर, धरान, जनकपुर, पोखरालगायतका दर्शनार्थी गाडी रिजर्भ गरेर हलेसी पुग्ने गरेका छन् ।

हलेसी महादेवका साथै महादेव गुफा, बसासा गुफा, गर्दुब गुफा, भैरब गुफा, दुंदेलो गुफा, धर्मद्वार, पापद्वार लगायतका प्राकृतिक स्थान अवलोकन गर्न पर्यटक र दर्शनार्थी हलेसी पुग्ने गरेका हुन् ।

आजका दिन जिल्लाको पर्यटकीय स्थल बराहापोखरी र दिक्तेलको मझुवागढीस्थित कालिका देवीस्थामा पनि दर्शनार्थीको बाक्लो घुइचो छ ।