१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


एक अर्ब ७२ करोड पाँच लाखको कारोबार


0
Shares

नेपाल स्टक एक्सचेन्जकाअनुसार यो साता कुल १७३ कम्पनीका ४६ लाख दुई हजार ६३० कित्ता सेयर कारोबार भएको छ ।

कारोबार रकम गत साताकोभन्दा ३२.९९ प्रतिशत बढी हो । गत साता ११४ कम्पनीका ३३ लाख ३९ हजार १६० कित्ता सेयर एक अर्ब २९ करोड ३६ लाख ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५८.५२ अंकले घटेर अन्तिम दिन एक हजार २२०.४४ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १२.०६ अंकले घटेर २६०.४१ अंकमा आइपुगेको छ ।

यो साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ सो कम्पनीको १६ करोड ५८ लाख २० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

यस्तै, कारोबार भएको सेयर संख्याका आधारमा नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको दुई लाख १४ हजार कित्ता सेयर कारोबार भएको स्टक एक्सचेन्जले जनाएको छ ।