२४ असार २०८२, मंगलबार | Tue Jul 8 2025


स्पेनमा पाँचजना क्याटलन पृथकतावादी नेतालाई हिरासतम लिइयो


0
Shares

काठमाडौं, चैत १० । स्पेनको सर्वोच्च अदालतले क्षेत्रीय राष्ट्रपतिका उम्मेदवारसहित पाँचजना क्याटलन पृथकतावादी नेतालाई हिरासतमा लिएको छ ।

अरु आठजनासहित ती नेताविरुद्ध स्वतन्त्रता अभियानमा संलग्न रहेको आरोप लगाइएको छ ।

पाँचजना पृथकतावादी नेता सुनुवाइ पूरा नभइ भाग्न सक्ने जोखिम रहेको भन्दै अदालतले नै हिरासतमा लिएको हो ।

सर्वोच्च अदालतले यस्तो आदेश दिएपछि बार्सिलोनामा भने प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

स्पेनी अधिकारीहरूले खोजी सूचीमा राखेका दुई पृथकतावादी नेता बेल्जियम र स्वीट्जरल्याण्डमा निर्वासनमा छन् ।

अदालतको यस कदमले क्याटलन स्वतन्त्रता अभियानमा ठूलो धक्का लागेको बताइएको छ ।

अदालतको आदेशप्रति हजारौं क्याटलन पृथकतावादीबाट आक्रोशित हुँदै सडक प्रदर्शनमा उत्रिएका छन् ।

यसैबीच पूर्व क्याटलन सरकार प्रमुख कारलस पुज्डमोनले स्पेनलाई लोकतन्त्रविरोधी र युरोपका लागि लज्जा भएको प्रतिक्रिया दिएका छन् ।

पुज्डमोनसहित निर्वासनमा रहेका पाँचजनाविरुद्ध पक्राउ आदेश जारी गरिएको छ । (एजेन्सी)