९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


‘दलित नेतृत्व, संघर्ष र सफलता’ विमोचन


0
Shares

काठमाडौं, मंसिर ९ । परशुराम रम्तेल र गणेश विश्वोकर्माले संयुक्त रुपमा लेखेको पुस्तक ‘दलित नेतृत्व, संघर्ष र सफलता’ राजधानीमा विमोचन गरिएको छ ।

पुस्तकको विमोचन गर्दै प्रतिनिधसभाका सभामुख कृष्णबहादुर महराले क्षमता हुँदाहुँदै पनि दलित समुदाय अवसरबाट बञ्चित हुनु परेको बताए ।

विमोचन गरिएको पुस्तक सामाजिक विभेदबिरुद्धको आन्दोलन भएको महराको भनाइ थियो ।

पुस्तकमाथि विभिन्न दलित संघ संस्थाका प्रतिनिधि तथा पूर्व सांसदहरुलको टिप्पणी गरेका थिए ।

पुस्तकमा उमादेवी वादी, कलावती पासवान, खड्कबहादुर बस्याल, छविलाल विश्वकर्मा, टेकु नेपाली, तिलक परियार, पद्यलाल विश्वकर्मा, मिठाइदेवी विश्वकर्मा, मानबहादुर विश्वकर्मा, रामप्रित पासवान, विश्वभक्त दुलाल, सन्तबहादुर नेपाली र सन्तोषी विश्वकर्माको संघर्ष, नेतृत्व र व्यक्तित्व समेटिएको छ ।