
उद्घाटन खेलमा मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौंले सुदूरपश्चिम–११ लाई ५–१ को फराकिलो गोल अन्तरले हराएको छ ।
एकेडेमीलाई जित दिलाउनेक्रममा प्रकाश बुढाथोकीले २ गोल, विश्व अपधकारी, दिपेश आले र विदेशी खेलाडी अव्बालले समान एक/एक गोल गरे ।
सुदूरपश्चिम–११ का प्रणय अन्जनले एक सान्त्वना गोल फर्काएका थिए ।
यसअघि, शुक्रबारै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गरेकी थिइन् ।
उद्घाटन कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले खेलकुद क्षेत्रमा देखिएका समस्या समाधान गर्ने आफ्नो पहिलो काम हुने बताए ।
यही चैत १९ गतेसम्म सन्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका क्लबसहित १० टिमको सहभागिता रहेको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश नम्बर–५ को आयोजनामा भएको प्रतियोगिताको विजेता टिमले नगद १५ लाख र उपविजेता टिमले नगद ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्