२१ असार २०८२, शनिबार | Sun Jul 6 2025


पुरुषको शव फेला


0
Shares

जनकपुर–ढल्केबर सडकखन्डमा फेलापरेको उक्त शवको प्रकृति हेर्दा कुनै सवारी–साधनले ठक्कर दिएर मृत्यु भएको र सवारी फरार भएको हुनसक्ने अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार फेलापरेको शव जनकपुर उपमहानगरपालिका–९ बस्ने ४८ वर्षीय रेवतीरमणलाल कर्णको रहेको छ ।

बिहान ५.३० बजे सडकमै कर्णको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मृतकको गालामा सामान्य चोटबाहेक कतै कुनै घाउचोट छैन ।

मृतकको गालामा चोट देखिएकाले मर्निङवाकमा रहेका बेला कुनै सवारी–साधनको ठक्करबाट उनको मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

शवलाई परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । रासस