२५ असार २०८२, बुधबार | Wed Jul 9 2025


सुन–चाँदीको मूल्यमा गिरावट


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजरमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले कमी आएर तोलाको ५७ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंंगलबार सुनको मूल्य तोलाको ५७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्यमा पनि तोलामा ५ रुपैयाँले कमी आएर तोलाको ७३५ रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १३ सय १६ डलर हाराहारीमा कारोबार भएको थियो ।