२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


सुन्धाराको रेस्टुराँमा भीषण आगोलागी


0
Shares

काठमाडौं महानगरपालिकाको कार्यालयनजिकै रहेको गुलाब स्वीट्स तथा शालिमार होटलमा आगोलागी भएको हो ।

स्वीट्सको अन्डरग्राउन्डमा रहेको जेनरेटर पड्किएर आगोलागी सुरु भएको जनाइएको छ ।

आगो सुरु भएको स्थानमा कोइला रहेकाले आगो तीव्ररुपमा फैलिएर होटलमा पनि सल्किएको हो ।

आगो निभाउन काठमाडौं, ललितपुर भक्तपुरका दमकलहरु प्रयोग गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरीका जवानलगायत आगो नियन्त्रणमा जुटेका थिए ।

आगोलागी भएको स्थानबाट दर्जन बढी मानिसहरुलाई उद्धार गरिएको छ । क्षतिको विवरण भने आइसकेको छैन ।