
काठमाडौं, चैत ६ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सबै मुलुकसँग रचनात्मक वार्ताका लागि खुला रहेको बताएका छन् ।
राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि पुटिनले हतियारको दौडको पछि नलाग्ने र रक्षा खर्च कटौति गर्ने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रपतिमा निर्वाचित भएपछि आफ्ना प्रतिस्पर्धी उम्मेदवारसँगको छलफलमा उनले आर्थिक वृद्धि आफ्नो मुख्य प्राथमिकता भएको बताए ।
पुटिन राष्ट्रपतिमा निर्वाचित भएपछि विभिन्न मुलुकले उनलाई बधाई दिए पनि ह्वाइट हाउसले भने राष्ट्रपति डोनल्ड ट्रम्पले उनलाई फोन मार्फत बधाई दिने कुनै तालिका नरहेको जनाएको छ ।
तर चीनका राष्ट्रपति सी चिनफिङले भने चीन र रुसको सम्बन्ध इतिहासकै उच्च तहमा रहेको बताएका छन् ।
मुख्य विपक्षी नेतालाई भाग लिन रोक लगाइएको निर्वाचनमा पुटिनले ७६ प्रतिशत मत प्राप्त गरेका थिए ।
पुटिन सन् १९९९ देखी राष्ट्रपति वा प्रधानमन्त्रीका रुपमा सत्ताको केन्द्रमा रहँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्