
धनकुटा, चैत ४ । धनकुटाको महालक्ष्मी नगरपालिकाले ८० बर्ष नाघेको ज्येष्ठ नागरिकको भिडियो अभिलेख राख्ने तयारी गरेको छ ।
ज्येष्ठ नागरिकको सम्मान स्वरुप नगरपालिकामा बसोबास गर्ने ८० वर्ष नाघेका ज्येष्ठ नागरिकको घरघरमा पुगेर उनीहरुको दैनिकी तथा अनुभव समेटेर भिडियो अभिलेख राख्ने तयारी गरिएको हो ।
वृद्धवृद्धाको जीवनमा भएका घटना, समाजमा खेलेको भूमीकासहित महत्वपूर्ण विषयलाई समेटेर भिडियो अभिलेख राख्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।
वृद्धवृद्धा नगरपालिकाका सम्पत्ति भएको तथा उनीहरुको अनुभव नयाँ पुस्ताका लागि उदाहरणीय हुने भएकाले यो अभियान सुरु गरिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्