
काठमाडौं, चैत ३ । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा महिलालाई सहभागिता गराउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटो ललितपुरले आज गरेको ‘ट्राफिक चेतनामा महिला सहभागिता’ विषयक कार्यक्रमका सहभागीहरुले महिलालाई ट्राफिक नियमसम्बन्धी जानकारी दिन आवश्यक भएको बताएका हुन् ।
उनीहरुले ट्राफिक प्रहरीले महिलालाई प्राथमिकता दिए चेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने बताए ।
कार्यक्रममा ललितपुरकी सांसद पम्फा भुसाल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक नियम पालना गरे दुर्घटना न्यूनीकरण हुने बताए ।
कार्यक्रममा ललितपुर क्षेत्रका ६१ वटा संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्