
यी दुई स्मार्टफोनहरु आगामी चैत ९ गतेदेखि नेपालमा उपलब्ध हुने सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी कम्पनीले जानकारी गराएको हो ।
थप आधुनिक विशेषतायुक्त यी फोन पनि नेपाली उपभोक्तामाझ लोकप्रिय हुने सामसुङ नेपाल मोबाइल डिभिजनका प्रमुख प्रणयरत्न स्थापितले दाबी गरे ।
नेपाली बजारमा एस नाइनको मूल्य ९२ हजार ९०० तथा नाइन प्लसको मूल्य १ लाख ४ हजार ९०० रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्