
रुकुम, फागुन २६ । रुकुम पश्चिमको आठविसकोट नगरपालिका पहिलो पटक ईन्टरनेटको पहुँचमा जोडिएको छ ।
आठविसकोट नगरपालिकाको पहलमा पहिलो पटक राडीमा ईन्टरनेट जोडिएको हो ।
नगरपालिकामा समेत ईन्टरनेटको पहुँच नभएको भन्दै सेवाग्राहीले गुनासो गर्दै आएका थिए ।
करिब २० लाख रुपैयाँको लागतमा जाजरकोट हुँदै आठविसकोट रुकुममा ईन्टरनेट जडान गरिएको हो ।
सरकारले ई–गभरमेन्ट सिस्टमबाट कार्यसम्पादनलाई प्राथमिकता दिएकाले ईन्टरनेट जडान गरिएको आठविसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले बताए ।
आउँदो एक महिनाभित्रै आठविसकोट नगरपालिकाका सबै १४ ओटा वडामा ईन्टरनेट जडान गरिसक्ने प्रमुख केसीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्