८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


अछाममा देशकै पहिलो सूचना प्रविधि केन्द्रको उदघाटन


0
Shares

-कल्पना बोहरा/ ईमेज:

अछाम, फागुन २० । देशकै स्थानीय तहको नमूनाका रुपमा साँफेबगर नगरपालिकाको सूचना प्रविधि केन्द्र उदघाटन गरिएको छ ।

नगरबाट प्रदान हुँदै आएका सेवाप्रवाहको वारेमा जनतालाई जानकारी दिनको लागि सूचना प्रविधि केन्दको उदघाटन गरिएको हो ।

सूचना प्रविधि केन्द्र उदघाटन कार्यक्रममा क्षिमेकी जिल्ला कैलाली, डडेल्धुरा, वझाङका जनप्रतितिनिधको पनि सहभागिता रहेको थियो ।

सेसी परियोजनाका सहयोगमा देशका ६ वटा जिल्लाका १२ वटा स्थानीय तहमा सूचना प्रविधि केन्द्र स्थापना गरिदै छ । १२ वटा स्थानीय तहमध्ये साँफेबरमा देशकै पहिलो सूचना प्रविधि केन्द्रको स्थापना गरिएको हो ।

सरकारी निकायका काम कारवाहीलाई चुस्त, दुरुस्त र प्रविधियुक्त बनाउनेको लागि साँफेबगर नगरपालिकाको सूचना प्रविधि केन्द्रको स्थापना गरिएको नगर प्रमुख कुलबहादुर कुँवरले जानकारी दिए ।

सूचना प्रविधि केन्द्रले लोकतन्त्रलाई सुदृढीकरण गर्दै राज्यलाई बलियो बनाउनमा सहयोग गर्ने प्रदेश सभा सदस्य गोविन्द कुँवरको भनाई रहेको थियो ।

नागरिक निगरानी र खबरदारीका लागि सूचना केन्द्रको महत्वपूर्ण भूमिका रहने समेत प्रदेश सदस्य कुँवरले बताएका छन् ।

सार्वजनिक निकायलाई जिम्मेवार र उत्तरदायी बनाउदै जनतामा सहज पहुँच पु¥याउनको लागि सूचना केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने नगर प्रमुख कुँवरले आशा व्यक्त गरेका छन् ।

सूचनाको हकसम्बन्धी व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयन गर्न सके सार्वजनिक निकायको पारदर्शिता र उत्तरदायित्व संस्थागत भई सुशासन प्रवद्र्धनमा सहयोग पुग्नेछ ।

यस्तै कार्यक्रममा वोल्दै प्रदेश सदस्य गोविन्द कुँवरले अछामको समृद्धिको लागि सेती लोकमार्गको महत्वपूर्ण योजना रहेको बताए ।