
पोखरा, असार १४ । कास्कीको पोखरा लेखनाथ महानगरपालिका–५ मालेपाटनमा बुधबार बेलुकी ३ वटा सवारी साधन आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।
बेलुकी साँढे ७ बजे ग१ख २८९६ नम्बरको पानी ट्याङकर ध१प ५०२१ नम्बरको मोटरसाइकल र ग४प ८७३८ नम्बरको मोटरसाइकल आपसमा ठोकिएको हो । दुर्घटनामा ध१प ५०२१ नम्बरको मोटरसाइकल चालक म्याग्दी बरन्जा–१ का २४ वर्षीय धन बहादुर छन्त्याल र सोही मोटरसाइकलमा पछाडी सवार म्याग्दी दाना–७ की २५ बर्षीया बिन्द्रा थापाको मृत्यु भएको हो । गम्भिर घाइते भएका धन बहादुरको उपचारको क्रममा मणिपाल अस्पतालमा आज बिहान ५ बजे र विन्द्रको भने हिजै अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटनामा संलग्न तीनैवटा सवारी साधन तथा ट्याङकर र अर्का मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्