१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


पुस्तकालयका लागि साहित्यकार लामिछानेले दिए २ करोड रुपैयाँको सामाग्री


0
Shares

२०६८ सालबाट आफ्नै घरमा पुस्तकालय निर्माण सुरु गरेका ७९ बर्षिय लामिछानेले आफ्नो दुई तले घर जग्गासहित करिब २ करोड रुपैयाँ बराबरको सामग्री पुस्तकालयलाई हस्तान्तरण गरेका छन् ।

बाल, युवा र पौढ विभाग गरी तीन भागमा छुट्याइएको सो पुस्तकालयमा विभिन्न धार्मिक ग्रन्थ, जानकारीमूलक तथा मनोरन्जन क्षेत्रका गरी ३० हजारभन्दा बढी पुस्तक संग्रह गरिएको छ ।

भारतीय दूतावाससहित विभिन्न संघसंस्थाको सहयोगमा पुस्तक संग्रह गरिएको हो ।

तर आर्थिक अभावका कारण पुस्तकालय संचालनमा भने समस्यामा भएको सस्थापक लामिछानेले जानकारी दिए ।

धन साहित्य क्षेत्रमा रुची राख्ने लामिछानेका विभिन्न विधाका एक दर्जन कृति प्रकाशित छन् ।