२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ५ पुग्यो


0
Shares

नवराज छत्कुली

धादिङ, असार १४ । उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा नं ५ साईस्वाँरामा पहिरोले पुरिएर एकै परिवारका तीन जनासहित ५ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा खनियाबास गाउँपालिका ५ साईस्वाँरा बस्ने राजकुमार गुरुङकी श्रीमती ३३ वर्षीय बसुदा गुरुङ, छोरीहरु १० वर्षीय लक्ष्मी गुरुङ र ५ वर्षीय सरस्वती गुरुङ छन् ।

पहिरोमा पुरिएर बेपत्ता भएका ६५ वर्षीय समशेर घले र उनकी श्रीमती ६२ वर्षीय कोप्ची घलेको पनि मृत्यु भएको धादिङका प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए ।

पहिरोमा परि ४ जना घाईते भएका छन् । घाईतेहरुको किन्ताङफेदीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्दछ ।

अविरल वर्षापछि जिल्लाको खनियाबास र नेत्रावती गाउँपालिकाका विभिन्न ठाउँमा गएको पहिरोले १७ घर पुुरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।