
कञ्चनपुर, असार १४ । कञ्चनपुरको वेदकोट नगरपालिका–३ दैजीमा बुधबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दुर्घटनामा वेदकोट नगरपालिका–६ का १९ वर्षीय प्रकाश सार्कीको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका सार्कीलार्इ महाकाली अञ्चल अस्पतालबाट थप उपचारका लागि भारत लैजाने क्रममा मृत्यु भएको कञ्चननपुर प्रहरीले जनाएको छ ।
साँझ साढे ६ बजे महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको म १ ख ७८८ नम्बरको बसले से २ प नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बससहित चालकलार्इ प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्