१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


मानार्थ दर्जा दिएकामा खुसी छु : राष्ट्रकवि घिमिरे


0
Shares

मन्त्रिपरिषदको शुक्रबारको बैठकले राष्ट्रकवि घिमिरेलाई उक्त दर्जा दिने निर्णय गरेको थियो ।

लैनचौरस्थित निवासमा रासससँग कुरा गर्दै उनले देशमा अनुशासन रहेको एकमात्र संस्था नेपाली सेना रहेको जनाउँदै देशको माटो र गरिमाको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताए ।

उनले भने–‘मुलुकमा शान्ति र स्थिरताका लागि सेनाले महत्वपूर्ण भूमिका खेलेको छ । मलाई दिन लागिएको दर्जाप्रति मलाई सन्तोष लागेको छ ।’ सेनाले एक समारोह गरी सो दर्जा प्रदान गर्नेछ ।

यसैबीच, राष्ट्रकवि घिमिरेको बहुप्रतिक्षित ‘ऋतम्भरा’ महाकाव्य साझा प्रकाशनले प्रकाशन गर्ने भएको छ ।

सो प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले सो कृति प्रकाशनका लागि सम्झौता भएको बताउँदै पुल्चोकस्थित साझा प्रकाशनमा पुनःनिर्माण हुन लागेको भवनमा एक ‘राष्ट्रकवि हल’ बनाउने जानकारी दिए । रासस