७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


धादिङलाई केन्द्रविन्दु बनाएर भूकम्प


0
Shares

धादिङ, असार १४ । धादिङलाई केन्द्रविन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको छ ।

बिहान ९ बजेर ५२ मिनेटको समयमा ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

निलकण्ठ, नलाङ, कुमपुर, तारुकाको बीचमा जमिनको सतहबाट ३५ किलोमिटर गहिराईमा भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ ।

भूकम्पको धक्का चितवन, गोरखा, नुवाकोट लगायतका जिल्लामा समेत महसुस गरिएको छ । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।