२१ असार २०८२, शनिबार | Sun Jul 6 2025


पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम धमाधम


0
Shares

दुवै अन्तर्राष्ट्रिय विमानस्थलको काममा तीब्रता आईरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

पोखरा विमानस्थलको कुल आयोजनाको ५ प्रतिशत बढी काम सकिएको जनाइएको छ । चालु आर्थिक वर्षको लक्ष्यमा भने ३० प्रतिशत काम सम्पन्न भएको प्राधिकरणका प्रवक्ता विरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

सुरुमा यो आयोजना सन् २०१९ मा सम्पन्न गराउने लक्ष्य राखिए पनि हाल संशोधन गरी सन् २०२० सम्म सक्ने लक्ष्य राखिएको छ ।

यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कामले पनि तीब्रता पाएको जनाइएको छ । हालसम्म ३१ प्रतिशत काम सम्पन्न भएको श्रेष्ठले जानकारी दिए ।

सुरुमा यो आयोजना सन् २०१८ जुनमा सम्पन्न गर्ने लक्ष्य राखिए पनि संशोधन गरी सन् २०१९ को जुनमा पुर्‍याइएको छ ।

दुवै आयोजना चिनियाँ कम्पनीले निर्माण गरिरहेका छन् । पोखरा विमानस्थल चीनको एक्जिम बैंकको करिब २२ अर्ब रुपैयाँ ऋणमा बन्न लागेको हो भने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ६ अर्ब २२ करोडमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।