२४ असार २०८२, मंगलबार | Tue Jul 8 2025


मनाङलाई हराउँदै संकटा बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा


0
Shares

शनिबार सुनसरीको धरान रंगशालामा भएको उद्घाटन खेलमा साविक विजेता मनाङ–मर्स्याङ्दी क्लबलाई १–० ले पराजित गर्दै संकटाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

संकटाको जितमा विदेशी खेलाडी अनेष्ट टम्पले खेलको ७५औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उनी नै खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

खेल अवधिभर आधादर्जन गोल गर्ने अवसर खेरफालेपछि मनाङ पहिलो खेलबाटै बाहिरियो ।

प्रतियोगिताअन्तर्गत् आइतबार आयोजक धरान फुटबल क्लब र दुर्गापुर स्टिल क्लब भारतबीच खेल हुने जनाइएको छ ।

८ टिम सहभागी प्रतियोगिताको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले एक यामाहा मोटरसाइकल पाउनेछन् ।