
शनिबार काठमाडौंमा गरिएको एक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले सीमित व्यक्तिको हितमा केन्द्रित भएर ल्याइएको ऐन आफूहरुलाई मान्य नहुने बताएका हुन् ।
कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. गणेशबहादुर गुरुङले प्राज्ञहरुसँग छलफलसमेत नगरी ल्याइएको अध्यादेश मान्य नहुने बताए ।
विश्वविद्यालयको स्वायत्त अधिकारमाथि नै बन्देज लगाउने गरी अध्यादेश ल्याइएकाले कार्यान्वयनमा नआउने दाबी उनको थियो ।
कार्यक्रममा सहभागी अरु वक्ताले पनि अध्यादेशको विरोध गरेका थिए ।
चिकित्साशिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रा. डा. गोविन्द केसीको पटक–पटकको अनशनपछि सरकारले केसीले उठाएका मागको सम्बोधन अध्यादेशमार्फत् गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्