
कपिलवस्तुको शुद्धोधन गाउँपालिका लभनीको आयोजनामा तीनदिने ‘विराट अन्तर्राष्ट्रिय कुस्ती’ प्रतियोगिता सुरु भएको हो ।
नेपाल र भारतका खेलाडीबीच आपसी मैत्रीभाव विस्तार गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष भागीरथी यादवले बताए ।
प्रतियोगितामा बिहीबार १० जोडी पहलमानले प्रतिस्पर्धा गरे ।
नेपालका नवलपरासी, पोखरा, काठमाडौंलगायतका तथा भारतका गोरखपुर, बनारस, झांसी, मध्यप्रदेशका पहलमान प्रतियोगितामा सहभागी हुनेछन् ।
प्रतियोगिता शनिबार सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्