२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


भारतीय विदेशमन्त्री स्वराज बिहीबार काठमाडौं आउँदै


0
Shares

यहाँ रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री शेरबहादुर देउवा, प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालमा संविधान कार्यान्वयनकाक्रममा तीनओटै तहका निर्वाचन सम्पन्न भएपछि हुन लागेको भारतका बाह्य मामिलामन्त्रीको भ्रमणलाई नेपाल र भारतका जनताले अर्थपूर्णरुपमा लिएका छन् ।

यसैबीच, भारतको बाह्य मामिला मन्त्रालयले गत सोमबार जारी गरेको विज्ञप्तिमा भारत र नेपालबीचको उच्चस्तरीय राजनीतिक संवादको निरन्तरताको स्वरुपकारुपमा बाह्य मामिलामन्त्रीको नेपाल भ्रमण हुन लागेको जनाइएको छ । रासस