२१ असार २०८२, शनिबार | Sun Jul 6 2025


पर्यटकका लागि नयाँ गन्तव्य बन्दै साँधुटार (भिडियो)


0
Shares

सदरमुकाम फिदिमबाट २७ किलोमिटर टाढा रहेको फिदिम नगरपालिकाभित्रै पर्ने साँधुटारमा आकासको रिफ्लेक्शन पानीमा परेर पोखरी निलो देखिने र बादल हावाले उडाउँदा पोखरीमा बाफ उड्ने भएकाले त्यही हेर्न पर्यटक पुग्ने गरेका हुन् ।

सार्वजनिक बिदाका दिनहरुमा त यहाँ पर्यटकहरुको भीड नै लाग्ने गरेको स्थानीय बताउँछन् ।

कुनै बेला चौर रहेको यो स्थानमा स्थानीयले पाइपबाट पानी लगाएर कृत्रिम पोखरी निर्माण गरेका छन् । साँघुटारको पोखरी मिनी मुस्ताङको नामले परिचित छ । स्थानीय युवाले साँधुटारको फोटो सामाजिक संजालमा राखेपछि त्यहाँ घुम्न जाने आन्तरिक पर्यटक बढेका हुन् ।

साँधुटारमा पाँचथर, इलाम, झापा, धनकुटालगायतका जिल्लाबाट समेत आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् । यहाँसम्म सवारी साधन सञ्चालन हुन थालेपछि पर्यटकलाई समेत सहज भएको छ ।

पर्यटक पुग्न थालेसँगै यहाँका व्यवसायीहरु पनि उत्साहित भएका छन् । शौचालय, खानेपानी र होटल रेस्टुरेन्टको सहज व्यवस्था भए यहाँ पुग्ने पर्यटक अझ उत्साहित हुने स्थानीय बताउँछन् । साँधुटारलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सरकारी निकायले पनि चासो दिनुपर्ने माग स्थानीयको छ ।

भिडियो हेर्नुहोस्