२१ असार २०८२, शनिबार | Sun Jul 6 2025


मुलुकलाई समृद्ध बनाउनु मेरो उद्देश्य : ओली


0
Shares

नेपाल चेम्बर अफ कमर्सको ६७औं वार्षिक साधारणसभाबाट नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई पार्टी कार्यालय धुम्बाराहीमा सोमबार स्वागत तथा सम्मान गर्दै अध्यक्ष ओलीले अब बन्ने नयाँ सरकार दिगो र समृद्धि हासिल गर्नेतर्फ लागिपर्ने बताए ।

राजनीतिक अधिकार प्राप्तीको लडाइँ समाप्त भएको भन्दै उनले अबको एजेन्डा मुलुकलाई आर्थिक समृद्धितिर लैजानु रहेको बताए । यसका लागि सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता उनले औंल्याए ।

मुलुकमा व्याप्त गरिबी हटाइ निजी क्षेत्रलाई प्रोत्साहन गरी मुलुकलाई समृद्ध बनाउनु आफ्नो उद्देश्य रहेको उनले बताए ।

सो अवसरमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालकै पहिलो व्यवसायिक संगठन नेपाल चेम्बरको लामो इतिहासमा सिंगो राजनीतिक पार्टीबाट सम्मान पाउनु सम्भवतः पहिलोपटक भएको बताउँदै सम्मानले निजी क्षेत्रलाई थप जिम्मेवार बनाएको महसुस भएको बताए ।

मुलुकको आर्थिक समृद्धिका लागि सरकारले गर्ने प्रयासमा होस्टेमा हैंसे गर्न आफूहरु तयार रहेको स्पस्ट पार्दै उनले यसका लागि निजी क्षत्रले निरन्तर सहयोग गर्दै आएकोसमेत स्मरण गरे ।

चेम्बरको हालै सम्पन्न ६७औं साधारणसभाले श्रेष्ठको अध्यक्षतामा ६३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्दै सबै प्रदेश, जिल्ला र नगरस्तरमासमेत समिति हुने व्यवस्था गरेको थियो ।