
निजलाई भरतपुर महानगरपालिका–१ रामनगरस्थित ओम साई पेट्रोलपम्पअगाडि चेकजाँचकाक्रममा पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाकाअनुसार माघ ४ गते डिल्लीबजार कारागारबाट फरार भएका रामेछाप, दोरम्बाका २९ वर्षीय टीका थापामगरलाई पक्राउ गरिएको हो ।
ना४७प ५०५२ नम्बरको पल्सर मोटरसाइकलमा आउँदै गरेका उनी र अर्का एक व्यक्तिले प्रहरीलाई देखेपछि ‘फायरिङ’ गर्दा प्रहरीले ६ राउन्ड जवाफी फायरिङ गरेको थियो ।
थापाकाअनुसार मोटरसाइकलमा पछाडि बस्ने व्यक्ति भागेका छन् भने चलाउने थापामगर पक्राउ परेका हुन् ।
थापामगरको हात र तिघ्रामा गोली लागेको उनले बताए । थापामगरको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
फरार अभियुक्त आउँदै गरेको भन्ने सूचना प्रहरीले पाएको थियो । सोहीक्रममा चेकजाँचमा नेपाल प्रहरीको अपराध महाशाखा र जिल्लाको टोलीसँग शनिबार साँझ ५ः१० बजे मुठभेड भएको थापाले बताए ।
उनको साथबाट एकथान कटुवा पेस्तोल र खुकुरी बरामद गरिएको छ । निज लुटपाट र चोरी–डकैतीका दर्जनौं मुद्दामा कारागारमा परेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्