
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले कमी आएर तोलाको ५७ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य बिहीबार तोलामा ६०० रुपैयाँले उकालो लागेर तोलाको ५७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले ओरालो लागेर तोलाको ७६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १३ सय ५४ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्