२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


‘षड्यन्त्र भइरहेको छ’


0
Shares

अनेरास्ववियु भक्तपुरको १८औं सम्मेलनकाक्रममा उनले यस्ताखाले षड्यन्त्रलाई चिर्दै आगामी फागुन पहिलो सातासम्म नयाँ सरकार गठन र पार्टी एकता गर्न कसैले रोक्न नसक्ने बताए ।

कार्यक्रममा प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतले अबको १० वर्षमा युवालाई रोजगारीका लागि खाडीमुलुक जानुपर्ने अवस्था नआउने जिकिर गरे ।

एमालेका केन्द्रीय सदस्य सोम मिश्र, प्रदेशसभामा नवनिर्वाचित सदस्य शशीजंग थापा, अनेरास्ववियु भक्तपुर इन्चार्ज राजन केसी, अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष शैलेश लामालगायतले देशको परिवर्तनमा विद्यार्थीले पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

शनिबारसम्म चल्ने ८४ प्रतिनिधिको उपस्थिति रहेको सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने अनेरास्ववियु भक्तपुरका संयोजक जयराम बास्तोलाले जानकारी दिए । रासस