२७ असार २०८२, शुक्रबार | Fri Jul 11 2025


हुन्डी कारोबारमा संलग्न चारजना ३६ लाखसहित समातिए


0
Shares

पक्राउ पर्नेमा विराटनगर–७ का १९ वर्षीय सुदर्शन साह, विराटनगर–११ का २४ वर्षीय निरन्जनकुमार साह, सोराभाग–८ घर भइ हाल विराटनगर–६ बस्दै आएका ४१ वर्षीय सन्तोषकुमार रौनियार र विराटनगर–१७ का २८ वर्षीय साकिब आलम छन् ।

प्रहरीले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो ।

विराटनगर–११ स्थित स्थानीय कनैया गुप्ताको घरमा सन्तोषकुमार रौनियारले आफ्नै कोठामा कार्यालयजस्तो बनाइ अवैधरुपमा हुन्डीको कारोबार गरिरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताए ।

प्रहरीले सो कोठाबाट ३६ लाख १८ हजार २५० रुपैयाँ नगद, भारतीय एअरटेल कम्पनीको सिमकार्ड र विभिन्न कागजातसमेत बरामद गरेको जनाएको छ ।