२४ असार २०८२, मंगलबार | Tue Jul 8 2025


‘डबल डिग्री’का प्रमाणपत्र थन्काएर मौरी चराउँदै अर्जुनप्रसाद


0
Shares

समाजमा नाम, दाम र इज्जतबाट आफ्नो परिचय स्थापित गरेका पोख्रेल अहिले कृषकको रुपमा परिचित छन् ।

पोख्रेल पछिल्लो समय जिल्लामा परिश्रम गर्नलाई केहिले छेक्दैन भन्ने गतिलो उदाहरण बनेका छन् ।

४५ बर्षीय उनले डेढ दशकदेखि व्यावसायिक मौरीपालन पेशा अगाल्दै आएका हुन् ।

४० लाख रुपैयाँको लगानीमा सुरु गरिएको मौरीपालन व्यवसायलाई विस्तार गर्दै उनी अहिले विभिन्न जिल्लामा मौरी चराउन पुग्छन् ।

यसबाट राम्रो आम्दानीसमेत हुने गरेको उनको भनाइ छ ।

रोजगारीका लागि हजारौं युवा दैनिक विदेश पलायन भइरहेको बेला उनले भने स्वदेशमै कृषि पेशा अँगालेर आत्मनिर्भर बन्न सुझाव दिने गरेका छन् ।

अर्थशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर पौडेलले अहिले बार्षिक ४० क्विन्टल मह उत्पादन गर्दै आएका छन् ।

मौरीपालनबाटै वार्षिक ३० लाख रुपैयाँको कारोबार गर्ने उनले खर्च कटाएर १५ लाख रुपैयाँ बचत हुने बताए ।

नेपाल मौरी पालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष समेत रहेका पोख्रेल देशलाई महमा आत्म निर्भर बनाउने अभियानमा लाग्नुपर्ने बताए ।