
११ करोड ३२ लाख लागतको सो आयोजनामा कालीगण्डकीको दायाँ र म्याग्दी नदीको बायाँ किनारामा आरसिसी रिटेनिङ पर्खाल बनाइदै छ ।
जलउत्पन्न प्रकोप नियन्त्रण सबडिभिजन कार्यालय बाग्लुङले चालू आर्थिक वर्ष २०७४/७५ मा दुई वटा प्याकेजमा काम गर्ने गरी ११ करोड ३२ लाखको लागतमा बेनीको मंगलाघाटस्थित म्याग्दी नदीको बायाँ किनारा, म्याग्दी र कालीगण्डकीको दोभान तथा कालिपुलस्थित कालीगण्डकी नदीको दायाँ किनारामा रिटेनिङ र आरसिसी पर्खाल निर्माण गर्न लागेको हो ।
मंगलाघाट क्षेत्रमा निर्माण हुने १ सय ८४ मिटर लम्वाईको आरसिसी रिटेनिङ पर्खालमध्ये एक महिनाको अवधिमा ८० मिटर निर्माण सम्पन्न भैसकेको आयोजनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्