२५ असार २०८२, बुधबार | Wed Jul 9 2025


केवाइसी थप गर्न बोर्डको निर्देशन


0
Shares

अब ब्रोकरले सेयर करोबार गर्ने ग्राहकको परिवारका सदस्यहरुको विवरण, पेसागत विवरण, ग्राहकको बसोबास गर्ने स्थानको नक्सा, इन्भेस्टमेन्ट कम्पनीमा संलग्न भए/नभएको विवरणलगायत खुलाउनुपर्नेछ ।

धितोपत्र खरिदका लागि प्रयोग गर्ने रकम सम्पत्ति शुद्धकीरणसम्बन्धी प्रचलित कानुनविपरीत आर्जन गरे/नगरेको पनि ग्राहकले उद्घोष गर्नुपर्ने व्यवस्था बोर्डले गरेको छ ।

नयाँ विवरणबाट धितोपत्र दलाल व्यवसायीहरुलाईसमेत सहज हुने तथा धितोपत्र कारोबारमा हुने जोखिमसमेत न्यूनीकरण हुने बोर्डको भनाइ छ ।

लगानीकर्ताको हित संरक्षण, स्वच्छ तथा पारदर्शी बजारको विकास तथा धितोपत्र कारोबारमा निहित जोखिमसमेत न्यूनीकरण गर्ने उद्देश्यले बोर्डबाट तयार गरिएबमोजिमको विवरण उपलब्ध गराएरमात्र धितोपत्र कारोबारमा संलग्न हुन बोर्डले सम्पूर्ण लगानीकर्ताहरुलाई आग्रह गरेको छ ।