
उतार–चढावबीच बजार परिसूचक नेप्से शून्य दशमलव ५८ अंकले झरेर १४ सय २ कायम भएर थामियो ।
यसदिन आधा जसो समूह हरियो रहे भने आधा समूह रातो रहे । बिमा समूहमा सबैभन्दा उच्च १८ अंकको गिरावट आयो भने जलविद्युत् समूह सबैभन्दा उच्च २३ अंकले उकालो लाग्यो ।
व्यापार समूह दोहोरो अंकले सुधारिँदा उत्पादनमूलक समूह, वाणिज्य बैंक समूह र होटल समूह सामान्य अंकले हरियो रहे । लघुवित्त समूह, अन्य समूह, वित्त समूह र विकास बैंक समूह सामान्य अंकले ऋणात्मक रहे ।
यसदिन कारोबार पनि खुम्चियो । यसदिन नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीका ९ लाख ५४ हजार कित्ता सेयर जम्मा ३६ करोड ६४ लाख रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्