
आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी क्यान महासंघले ६ दिने सूचना एवं प्रविधिसम्बन्धी मेलाको तयारी पूरा भएको जनाएको हो ।
मेला यही माघ ११ देखि १६ गतेसम्म काठमाडौंको भृकुटीमन्डपमा हुँदैछ ।
मेलामा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सूचना तथा सन्चार–प्रविधिसम्बन्धी कम्पनीहरुले सहभागिता जनाउने क्यान महासंघका महासचिव रन्जीतकुमार पोदारले जानकारी दिए ।
अवलोकनकर्ताले एकैथलोमा सूचना तथा सन्चार–प्रविधिका नयाँ उपकरणहरुको अवलोकन तथा खरिद गर्न पाउनुका साथै यससम्बन्धी पछिल्ला जानकारी प्राप्त गर्ने सक्नेछन् ।
प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स्, मोबाइल एक्सेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसनलगायतका २२२ स्टलहरु रहने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्