
कृषि क्षेत्रमा वित्तीय व्यवस्थापन तथा कृषकलाई कर्जा प्रभाव गर्ने उद्देश्यका साथ स्थापना भएको बैंकले अहिले कर्जाको करिब ३३ प्रतिशत कृषि क्षेत्रमा लगानी गरिरहेको छ ।
आज केन्द्रीय कार्यलयमा विशेष कार्यक्रम गर्दै बैंकले कृषि क्षेत्रलाई सहयोग गर्ने गरी सरकारले बनाउने हरेक नीति कार्यान्वयनमा लाग्ने जनाएको छ ।
कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कृषि विकास बैंक आम जनताको मनमा बस्न सकेको भन्दै उत्पादनमूलक कृषि र व्यावसायिकता अभिवृद्धिमा लाग्न बैंकलाई आग्रह गर्नुभएको छ ।
विगतमा कांग्रेस सरकारले लिएको उदारीकरणको नीतिले मुलुकको अर्थव्यवस्था सुदृढ हुँदै गएको भन्दै मन्त्री कार्कीले सरकारी नीतिलाई चुस्त ढंगबाट कार्यान्वयन गर्न यस्ता बैंक तथा वित्तीय संस्थाहरु लाग्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्