
तत्कालीन माओवादीले निर्मम तरिकारले हत्या गरिएका लमजुङ, दुराडाँडाका शिक्षक मुक्तिनाथ अधिकारीको १६औं स्मृतिको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रमका सहभागीहरुले संक्रमणकालीन न्यायको विषय छायाँमा परेको गुनासो गरे ।
सरकारले दुवै आयोगको म्याद थप गर्ने तयारी गरिरहेपनि पीडितहरुले भने दुवै आयोगको पुनर्गठन नै गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष सुमन अधिकारीले पीडितहरुप्रति राज्यका निकायहरु गम्भीर हुनुपर्ने बताए ।
यस्तै, एम्नेष्टी इन्टरनेसनल नेपालका अध्यक्ष राजन कुइँकेलले पीडितहरुले राज्यबाट न्यायभन्दा पनि जो–जो मारिए उनीहरुलाई किन निशाना बनाइयो भन्ने प्रश्नको उत्तर खोजिरहेको बताए ।
कार्यक्रममा सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ, पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठ, पूर्वस्वास्थ्य सहायकमन्त्री डा. रामचन्द्र अधिकारीलगायतले पनि द्वन्द्वपीडितहरुले न्याय पाउने ग्यारेन्टी हुनुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्