
सदरमुकाम मलंगवालाई पूर्व-पश्चिम राजमार्गसँग जोड्ने २६ किलोमिटर यो सडक लामो समयदेखि कालोपत्रे उप्किएर दयनीय अवस्थामा पुगेको हो ।
सडक कालोपत्रे गर्नका लागि धेरै पटक ठेक्का लागे पनि काम पुरा हुन सकेको छैन ।
सर्लाही सदरमुकाम मलंगवालाई पूर्व पश्चिम राजमार्गसँग जोड्ने २६ किलोमिटर सडक लामो समयदेखि कालोपत्रे उप्किएर दयनीय अवस्थामा पुगेको हो ।
हिउँदमा कुहिरीमण्डल भएर उड्ने धुलो र वर्खायाममा खेतको गराजस्तै भएर पानी जम्ने सडकका कारण सर्लाहीका स्थानीय र काम विशेषले सदरमुकाम मलंगवा जानुपर्ने सेवाग्राही पीडित बनेका छन् ।
सडकको धुलाले स्थानीय वासिन्दामा श्वासप्रश्वास र छालासम्वन्धी विभिन्न रोग देखा पर्न थालेको छ । सडक आसपास घर भएका स्थानीय धुलाले सहज रुपमा बजार र काममा निस्कन पाएका छैनन् ।
जिल्लाको प्रमुख राजमार्ग नवलपुर–मलंगवा सडक मर्मत नहुँदा सडक छेउमा पर्ने नवलपुर, हरिपुर, फरहदवा, कविलासी, सलेमपुर, गम्हरीया र सदरमुकाम मलंगवाका स्थानीय वासिन्दा धुलोबाट प्रभावित भैरहेका छन् ।
१५ देखि २० मिनेट समय लाग्ने यो सडकमा यात्रा गर्न डेढ देखि दुईघण्टा सम्म लाग्छ । धुलो र खाल्डाखुल्डीका कारण दुर्घटना पनि बढेका छन् ।
सडकको अवस्था निकै खराब रहेकाले गाडी चलाउन निकै गाह्रो भैरहेको चालक बताउँछन् ।
सडकको धुलोले आँखा हेर्न गाह्रो भएपछि मोटरसाइकल चालकहरुले भने सदरमुकाम मलंगवा जानुपर्दा विकल्पको रुपमा अन्य भित्री सडकहरु प्रयोग गर्दै आएका छन् ।
नवलपुर–मलंगवा सडक छेउछाउ धुलोकै कारण व्यापार व्यवसाय पनि कम हुँदै गएको व्यवसायीहरु बताउँछन् ।
विशेषगरी मिठाइ पसल, होटल र अन्य तयारी खानेकुरा बेच्ने व्यवसायी धुलोकै कारण व्यवसाय चल्न छाडेका छन् ।
ठेकेदारको मनोमानी, स्थानीय प्रशासनको बेवास्ता र सरकारी उदाशिनताका कारण जरजर बनेको यो सडकको अवस्थाले जिल्लाको अन्य विकास निर्माणका काममा समेत बाधा पुगेको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले सडक मर्मत कार्यलाई तीव्र पार्न आफूले पहल गरिरहेको बताउँछन् ।
जिर्ण सडक र त्यहाँ उड्ने धुलाले सदरमुकाम पुगेर फर्किदा बिरामी हुने अवस्था रहेको गुनासो स्थानीयको छ । सडक कालोपत्रेका लागि अहिले पनि काम भैरहेको छ । कामको गति भने कछुवा गति बनेको छ ।
नवलपुरदेखि कविलासीसम्म मर्मतको ठेक्का लिएका ठेकेदारले पानी हाल्न थालेपनि कविलासीदेखि मलंगवासम्मको मर्मतको जिम्मा लिएका ठेकेदारले भने अटेर गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्