१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


चौतारामा मिनीट्रक दुर्घटना, दुईजनाको मृत्यु


0
Shares

मृत्यु हुनेमा लिसंखु पाखर गाउँपालिका– ७ ठूलो पाखर निवासी चालक ३१ वर्षीय शशिकुमार लामा र सनाखत हुन नसकेका अर्का एक पुरुष रहेका छन् ।

लामाको घटनास्थलमा र अर्का पुरुषको उपचारका क्रममा जिल्ला अस्पताल चौतारामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विमल कँडेलले जानकारी दिए ।

भूकम्पपीडितको घर निर्माणका लागि गिटी बोकेर सोही नपाको वडा नं ६ गिदानेतर्फ गइरहेको बा४ख २९६० नम्बरको मिनीट्रक गएराति करिब १२ बजे सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । (रासस)