
चेम्बरको ६७औं वार्षिक साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँं कार्यसमिति निर्वाचित भएको हो । नवनिर्वाचित नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् ।
यस्तै, कमलेशकुमार अग्रवाल उपाध्यक्ष (वाणिज्य), महेन्द्रमान श्रेष्ठ उपाध्यक्ष (उद्योग), दीपककुमार मलहोत्रा उपाध्यक्ष (जिल्ला, नगर), इच्छाराज तामाङ उपाध्यक्ष (वस्तुगत), नरेश श्रेष्ठ उपाध्यक्ष (संस्थागत) निर्वाचित भएका छन् ।
यसैगरी, भाष्करराज राजकर्णिकार उपाध्यक्ष (विशिष्ट मानार्थ) गरी ६ जना उपाध्यक्षहरु सर्वसम्मत् चुनिएका छन् ।
मुलुक संघीय संरचनामा गएसँगै चेम्बरको सांगठनिक संरचना पनि त्यहीअनुसार गएको छ ।
जसअनुसार सातओटा प्रदेशतर्फबाट प्रदेश नम्बर–१ मा पर्शुराम दाहाल, प्रदेश–२ मा पंकज जलान, प्रदेश–३ मा कृष्णमान श्रेष्ठ, प्रदेश–४ मा प्रमोद श्रेष्ठ, प्रदेश–५ मा भीमलाल पौड्याल, प्रदेश–६ मा दीपेन्द्रकुमार खत्री र प्रदेश–७ मा प्रकाश साउदले केन्द्रमा प्रतिनिधित्व हुने गरी निर्वाचित भएको चेम्बरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्