२७ असार २०८२, शुक्रबार | Sat Jul 12 2025


शुक्रबार पनि सुनको मूल्य उकालो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले उकालो लागेर तोलाको ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बिहीबार तोलामा ४०० ले उकालो लागेर तोलाको ५६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको भाउ भने तोलाको ७५० रुपैयाँमा स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंन्स १३ सय ३२ डलर हाराहारीमा कारोबार भएको थियो ।