
सोही समयमै लेभान्तेले स्पानियोलसंग खेल्दैछ । त्यसैगरी सवा २ बजे बार्सिलोनाले घरेलु मैदानमा सेल्टाभिगोसंग खेल्ने कार्यक्रम छ ।
प्रिक्वार्टरफाइनलका दोस्रो लेगका खेल भइरहेका हुन् । समग्रमा अग्रता लिने टिम क्वार्टरफाइनलमा पुग्नेछ ।
पहिलो लेगको खेलमा सेभिया २-० ले विजयी भएको थियो । त्यसैगरी लेभान्ते २-१ ले विजयी भएको थियो भने बार्सिलोनाले सेल्टाभिगोसंग १-१ को बराबरी खेलेको थियो ।
स्पेनिश लिग ला लिगा लिडर बार्सा दबाबमा रहेको छ ।
यसअघि गएरातिका खेलपछि रियाल मड्रिड, लेगनेस, अलाभेज, भ्यालेन्सिया र एथलेटिको मड्रिड क्वार्टरफाइनलमा पुगिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्