२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


चन्द्रपुर नगरपालिकाको प्रथम नगरसभा सुरु


0
Shares

आर्थिक वर्ष ०७४/७५ को लागि नीति र कार्यक्रमसहितको योजना यस नगरसभाले गर्नेछ ।

नगरसभाको उद्घाटन गर्दै रौतहट–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिनाले नगरभित्रको सडक सञ्जाल, शिक्षा, स्वास्थ्य, कृषि र जनजीविकाको सवालमा नगरसभाले निर्णय लिँदै यसै आर्थिक वर्षमा नगरको मुहार फेर्नेतर्फ लाग्न सुझाव दिए ।

१० ओटा वडा रहेको चन्द्रपुर नगरपालिकाको प्रत्येक वडामा दुई करोड रुपैयाँ विनियोजन गरिएको भएपनि कुल लागत भने सार्वजनिकीकरण गरिएको थिएन ।

कार्यक्रममा नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले नगरको बृहत्तर हितलाई ध्यान दिँदै गुणस्तर र मापदन्डमा कसैसँग सम्झौता नगर्ने बताए ।