 
	    मंगलबार सादा पोसाकमा प्रहरीले ट्याक्सी चढ्दै बढी भाडा असुल्ने ट्याक्सी चालकलाई पक्रेको थियो ।
त्यसको विरोधमा ट्याक्सी व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । ट्याक्सी व्यवसायी समिति पोखराले यसको नेतृत्व गरेको छ ।
बुधबार पोखराको मुख्य चोक पृथ्वीचोकमा ट्याक्सीलाई लाम लगाएर चालकले गरेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरी हटाएको छ ।
भाडा समायोजन नगरी मिटरमा ट्याक्सी चलाउन नसक्ने अडान व्यवसायीको छ । ५/७ वर्ष पहिले तय गरिएको भाडामा आफूहरुले ट्याक्सी चलाउन नसक्ने उनीहरुको भनाइ छ ।
जथाभावी भाडा असुलेर जनता ठग्ने काम ट्याक्सी चालकले गरेकाले पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले बताए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्