
उनलाई पक्राउ गी कारबाही शुरु गरेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ ।
सञ्चालक सिटौलाले विभिन्न तीन स्थानका तीनजना युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाएको र उनीहरुले कमाएको रु चार लाख पनि आफैंले राखी नदिएको बताइएको छ । ती युवतीले प्रहरीलाई दिएको जानकारीका आधारमा सिटौलालाई पक्राउ गरी प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।
ती युवतीलाई होटल सञ्चालक सिटौलाले कोठा भाडामा लिई राखेको र दिनभरि कोठामै राखी रातिको समयमा विभिन्न होटल एवं लजमा सम्पर्कको आधारमा यौनजन्य कार्य गराउन लगाउने गरेको पीडितले जनाएका छन् । (रासस)
प्रतिक्रिया दिनुहोस्