१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


एक हजार ६४० चालक कारवाहीमा


0
Shares

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार कारवाहीमा पर्नेहरुमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७३ जना, लेन अनुशासन उल्लंघन गर्ने एक सय ६१ जना छन् ।

त्यस्तै निषेधिक स्थानमा पार्किङ गर्ने ११५, जथाभावी हर्न बजाउने ४५, अन्य विभिन्न शीर्षकमा एक हजार २ सय ४६ चालक कारवाहीमा परेका छन् ।

सोमबार उपत्यकामा सवारी नियम उल्लंघन गर्ने एक हजार ५९१ चालक कारवाहीमा परेका थिए ।