
न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चासिलेको संयुक्त इजलासले मंगलबार प्रा.डा.केसीको स्वास्थ्यलाई ध्यानमा राखी सुविधाजनकरुपमा राखेर बुधबार बिहान १० बजे अदालतमा उपस्थिति गराउन आदेश दिएको हो ।
अदालतको अवहेलनासम्बन्धी मुद्दामा बयानका लागि सर्वोच्च अदालतमा उपस्थित भएका प्रा.डा.केसीको बयान लिने कामसम्पन्न भएको छ । बयानका क्रममा प्रा.डा.केसीले सर्वोच्च अदालतले चिकित्सा क्षेत्रमा दिएको आदेशले माफियालाई थप सहयोग पुगको बताएका छन् ।
सर्वाेच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सोधेको १४ प्रश्नको जवाफमा प्रा.डा.केसीले अदालतले दिएको फैसलाले सुधारभन्दा पनि विकृति ल्याउने देखेर अनशन सुरु गरेको बताए ।
आफ्नो लडाइँ गलत निर्णय दिने न्यायाधीशविरुद्ध भएको तर न्यायलयविरुद्ध नभएको बयानमा उल्लेख छ । अदालतका आदेशमा निजी मेडिकल कलेजले प्रश्रय पाउने, गुणस्तरहीन स्वास्थ्यकर्मी उत्पादन हुने र स्वास्थ्य क्षेत्रमा विकृति आई तीन करोड नेपालीको स्वास्थ्य र जिउधनप्रति खेलवाड भइरहेको बयान छ ।
आपूmले जारी गरेको प्रेस विज्ञप्तिमा अदालतको अवहेलना हुने गरी अमर्यादित र अशिष्ट तरिकाले प्रकाशित गरेको नभई अदालतप्रति सम्मान रहेको उनले बयानमा बताएका छन् ।
त्यसैगरी, बयानमा अदालतलको अवहेलनामा सजाय हुन्छ भन्ने आफूलाई राम्ररी थाहा भएको र सही न्याय सम्पादन गर्ने न्यायाधीशलाई आपूmले सम्मान गर्ने उल्लेख छ । रासस
प्रतिक्रिया दिनुहोस्